arin enterprises

सांसद जीवनरामबाट कोरोनाविरुद्ध सचेतना कार्यक्रम संचालन

SamacharDesk – बिराज | २०७८ बैशाख २२, बुधबार

काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गर्दा संघीय सांसद जीवनराम श्रेष्ठ सचेतना कार्यक्रममा व्यस्त भएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद श्रेष्ठले अचेल आफ्नो निर्वाचन क्षेत्रमा कोभिड महामारीबाट बच्न सचेतना कार्यक्रम संचालन गरिरहेका छन् ।

‘कोभिडबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने नारा दिइ श्रेष्ठले मास्कको साथमा हात धुने साबुन वितरण गर्ने गर्नुभएको छ ।

कार्यक्रम अन्तर्गत आज श्रेष्ठले काठमाडौं महानगरपालिका १५ वडा चःमति टोलमा मास्क र साबुन वितरण गर्नुभयो ।

कार्यक्रममा १५ वडाका वडाध्यक्ष साथै काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, वडासदस्य मैयाँलक्ष्मी महर्जन लगायतको पनि उपस्थिती रहेको थियो ।

कोरोना संक्रमणको पहिलो लहरको दौरान पनि सांसद श्रेष्ठले आफ्नो क्षेत्रभित्र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई भेटेर पौष्टिक खानेकुराहरु बाँड्ने कार्यक्रम संचालन गर्नुभएको थियो । 

Categorized in समाज