arin enterprises

सितापाईला भिमढुङ्गा बाटो चाँडो बनाउन सांसद श्रेष्ठको जोड

SamacharDesk – बिकाश | २०७७ श्रावण ३१, शनिबार

सितापाईला रामकोट भिमढुङ्गा बाटो निर्माणको बांकि काम तत्काल शुरु गराउन संघीय सांसद जीबन राम श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई भेटघाट गरेको छ । 

भेटघाटको क्रममा कुनै पनि विकास निर्माणका कामहरु समयमै पूरा गरी आम नागरीकलाई सुविधा उपभोग गर्न दिनुपर्नेमा सांसद श्रेष्ठले जोड दिनुभयो ।

माननीय मन्त्रीज्यु ले अपुरा कामलाई तत्काल शुरू गराउने जानकारी गराउन भएको छ ।

संघीय सांसद श्रेष्ठको नेतृत्वमा प्रदेश सांसद केशब पोखरेल र नागार्र्जुन नगरपालिका उपमेयर सुशिला अधिकारी सहभागी प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार मन्त्री नेम्वाङसँग भेटघाट गरेको हो ।

सो अवसरमा मन्त्रालयका सचिब र जिल्ला सडकका डिभिजन इन्जिनियर साइड ईन्जिनियरको पनि उपस्थिति रहेको थियो । 

Categorized in समाज