arin enterprises

माल्दिभ्सको राष्ट्रपतिमा मुइज्जु निर्वाचित

SamacharDesk | २०८० आश्विन १५, सोमबार

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित भएका हुन् ।

शनिबार भएको निर्वाचनमा माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार ४५ वर्षीय मोहम्मद मुइज्जुले सोलिहलाई पराजित गरेका हुन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि दोस्रो चरणको मतदानमा उनले जित हात पारे ।

उनले ५३ प्रतिशत मत प्राप्त गरेका थिए । लोकतन्त्र सुदृढ भइनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ ।

Categorized in अन्तर्राष्ट्रिय