मुल्मीको पुस्तक बंगलादेशमा विमोचन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण २९, सोमबार

नागरिक अभियन्ता तथा समाजसेवी शान्तलाल मुल्मीबाट लिखित रिटेन्टलेस जर्नी पुस्तकको बंगलादेशको ढाकामा पनि विमोचन गरिएको छ । यस अघि नै नेपाल र दिल्लीमा विमोचन भइसकेको पुस्तकको ढाकास्थित वर्क फर बेटर बंगलादेश ट्रस्टमा एक समारोहका बीच विमोचन गरिएको हो ।
लेखक मुल्मीका साथमा वर्क फर बेटर बंगलादेशका निर्देशक शैफुदिन अहमद र हेल्थ ब्रिजका वरिष्ठ सल्लाहकार डेब्राले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए ।
नेपाली भाषामा लेखिएको ‘म भित्रको म’ पुस्तकलाई परिमार्जनसहित रिलेन्टलेस जर्नीको रुपमा प्रकाशन गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै तुल्सी मेहर युनेस्को क्लवका अध्यक्ष तथा समाज कल्याण परिषदका सल्लाहकार शान्तलाल मुल्मीले कोभिडको समयलाई सदुपयोग गर्दै आत्मवृतान्तको रुपमा पुस्तक लेखेको जानकारी दिएका थिए ।
पुस्तकमा जीवन जिउने कला, सफलताका सन्देश, प्रेरणादायी पलहरु, अप्ठेरो व्यवस्थापनलगायतका शिक्षाहरु पुस्तक अध्ययनबाट प्राप्त गर्न सकिने जानकारी लेखक मुल्मीले भनेका छन् ।
Categorized in पेजथ्री