नेपाली ब्राण्डका कपडाहरुको स्टोर सञ्चालनमा
SamacharDesk | २०८० आश्विन ६, शनिबार

नेपाली ५ गार्मेन्ट सञ्चालकहरुको संयुक्त लगानीमा काठमाडौंको बानेश्वरमा मल्टिब्राण्ड क्लोथिङ स्टोरसञ्चालनमा आएको छ ।
नेपाली ब्राण्डका कपडालाई प्रोत्साहन गर्ने उद्देश्यले ६ नेपाली ब्राण्डका गार्मेन्ट सञ्चालकले शुक्रवारदेखि स्टोर सञ्चालनमा ल्याएका हुन् । नेपाली उद्योगबाट उत्पादन भएका कपडाहरुलाई उद्योगबाट सिधै उपभोक्तासम्म पु¥याउने उद्देश्यले मल्टिब्राण्ड क्लोथिङ स्टोर शुरुवात गरेका छन् ।
उद्योगहरुबाट ब्राण्डिङ गरेर नेपाली कपडाहरु उपभोक्ताहरु माझमा पु¥याउने उद्देश्यले मल्टिब्राण्ड नेपाल मै उत्पादित कपडा पसल सञ्चालनमा आएको छ ।
मल्टिब्राण्ड कपडा स्टोरमा नेपाली कपडा गार्मेन्टका रुपमा स्थापित स्टोरमा याक एनड नेक, भर्जिन, गोफी, ट्याग, फ्रिडमर र केके ब्राण्डका ब्राण्डका महिला,पुरुष र बच्चाका कपडाहरु एकै ठाउँमा पाइने भएको छ ।
मल्टिब्राण्ड कपडा स्टोरका सञ्चालक तथा तयारी पोशाक व्यवसायी राजकुमार कार्कीले स्वदेशी उत्पादनको प्रयोग र राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले तयारी पोशाक व्यवसायीहरुले संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याएको बताउनु भयो ।
उहाँले पाँच वटा फरक–फरक रजिस्टेड ब्राण्डका ट्रेड मार्क सहितको मल्टिब्राण्ड कपडा स्टोरको रुपमा शुरुवात गरिएको बताउनु भयो । उहाँले तयारी पोशाक व्यवसायीहरुको चाहना उत्पादन वृद्धि गरी समृद्धि नेपाल निर्माण गर्ने भएको बताउनु भयो।
उहाँले पछिल्लो समय नेपाली उत्पादनका वस्तु भन्दा पनि विदेशी वस्तुहरुको महत्व बढ्दै गएको भन्दै अब विदेशी भन्दा पनि नेपाली ब्राण्डलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो ।
उहाँले मल्टिब्राण्ड स्टोरमा करिव २० लाख भन्दा बढी लगानी लागेको बताउनु भयो । उहाँले स्टोरमा पाउने नेपाली उत्पादनका कपडाहरु विदेशी ब्राण्ड भन्दा कमजोर नभएको दाबी गर्नुभयो ।
उहाँले विदेशी ब्राण्डका कपडाहरु भन्दा नेपाली उद्योगमा उत्पादन भएका कपडाहरु ३५ प्रतिशत सस्तोमा पाउन सकिने बताउनु भयो ।
Categorized in बिजनेस