arin enterprises

हत्या आरोपमा फरार एकजना दुई वर्षपछि पक्राउ

SamacharDesk – विकाश | २०७७ जेठ १८, आइतबार

हत्या आरोपमा फरार रहेका एक अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन् ।

दुई वर्ष अघि एक व्यक्तिलाई घाँटि रेटेर हत्या गर्ने सिरहाका एकजनालाई प्रहरीले उसकै ससुरालीबाट पक्राउ गरेको हो ।

मिर्चेया नगरपालिका १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई प्रहरीले मिर्चेयाकै सितापुरस्थित उसैको ससुरालीबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार यादवले २०७४ साल असोज २३ गते सिरहाकै कर्जन्हा नगरपालिका १० का ३६ वर्षीय शशीभूषण प्रसाद साहको घाँटी रेटेर हत्या गरेका थिए ।

दुई वर्षदेखि फरार उनलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका यादवलाई सिरहा जिल्ला अदालतमा पेस गरिनेछ ।  

साहको हत्यामा संलग्न सोमन भनिएका एकजनालाई यस अघि नै कारागार चलान गरिसकेको छ । 

राम ईश्वर कापरीलाई सिरहा जिल्ला अदालतको २०७४ साल पुस २५ गतेको आदेशले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

Categorized in अपराध