नाडालले फ्रेन्च ओपनबाट नाम फिर्ता लिए
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ५, शुक्रबार

स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसबाट नाम फिर्ता लिएका छन् ।
नाडालले हिप इन्जुरीको कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।
उनले पछिल्लो १९ वर्षमा पहिलो पटक फ्रेन्च ओपन गुमाउने लागेका हुन् ।
फ्रेन्च ओपन यहिँ मे २८ मा सुरु हुँदैछ । ३६ वर्षीय नाडालले हिपको चोटका कारण गत जनवरीदेखि खेलेका छैनन् ।
१४ औं पटकको च्याम्पियन नाडाल फ्रेन्च ओपनको साविक विजेता समेत हुन् ।
२२ पटकको ग्रान्डस्लाम विजेता नाडालले पछिल्लो पटक अष्ट्रेलियन ओपन खेलेका थिए । जसमा उनी अमेरिकी खेलाडी म्याकडोनाल्डसँग पराजित भएका थिए ।
Categorized in स्पाेर्ट्स