नाङ्लो ग्रुपले चिनियाँ परिकारसहित रेष्टुरेण्ट सञ्चालन
SamacharDesk | २०७९ कार्तिक २१, सोमबार

नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रेष्टुरेण्ट शुरु गरेको हो ।
सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि. ले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध हुने ५४ सिट क्षमताको रेष्टुरेण्ट आजबाट सञ्चालनमा ल्याएको बताएको छ ।
आईतवार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लो प्रा.लि.का अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले सानो क्षमताको रेष्टुरेण्ट भएपनि यसले दिने सेवामा कुनै कम्परमाइज नहुने बताउनु भयो ।
उहाँले यसअघि पनि नाङ्लो प्रा.लि.ले ५ सय सिट क्षमताको रेष्टुरेण्ट सञ्चालन गरिसकेको भन्दै यो रेष्टुरेण्टमा चाइनिज परिकार र स्वेचन खाना पनि पाइने बताउनु भयो ।
रेष्टुरेण्ट बिहान ११ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने र ग्राहकहरुले अर्डरको लागि बुक गर्नसक्ने जनाएको छ ।
अध्यक्ष कक्षपतीले धेरैको माग पुरानै स्वादमा परिकारहरु उपलब्ध गराउनुपर्ने आएकाले त्यही अनुसार रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताउनु भयो ।
Categorized in बिजनेस