नाइरोबी फ्लाई किराको संक्रमण बढ्दै
SamacharDesk | २०७९ आषाढ २५, शनिबार

अहिले देशभर नाइरोबी फ्लाई किराको संक्रमणबाट अस्पताल आउने विरामीको संख्या बढ्दै गएको छ । काठमाडौंमा यसको असर फाट्टफुट्ट देखिन थालेको छ भने बाहिरी जिल्लाहरुमा यसले ठूलो संक्रमणकै रुप लिइसकेको जानकारीमा आएको छ ।
झापा, दमकसहितका पूर्वी तयारीमा नाइरोबी फ्लाई किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पतालमा दैनिक रुपमा ५० भन्दा बढी विरामी आउने गरेको चिकित्सकहरु बताउँछन् ।
वर्षापछि फैलने यस्ता किराको संक्रमणबाट काठमाडौंको निजामति कर्मचारी अस्पतालमा एक मासिन आइपुगेका थिए ।
विशेष गरी नेपालसँग जोडिएका भारतका आसाम, दार्जिलिङमा यसको प्रकोपले महामारीकै रुप लिइसकेको छ । नेपालमा नाइरोबी किरा भारतबाटै आएको चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार उक्त किराको टोकाईबाट संक्रमण फैलने नभई किराबाट निस्कने एक रसानबाट छालामा संक्रमण हुने र फोकाहरु उठ्ने बताउँछन् । उक्त किराको एसिड शरीरमा बढी फैलिएको छ र ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता हुन सक्छ भने थप गम्भीर सम्म बनाउनसक्छ ।
उक्त किरा एसिडको संक्रमणबाट जनै खटिराजस्तो फोका आउने, ठूलो खालको पानी फोका आउने, छाला रातो हुने, धेरै पोल्ने, रातो डाबर तथा बिमिरा आउने जस्ता लक्षण देखिन्छन् । त्यसैगरी, उक्त संक्रमित एसिड हात आँखामा रगड्दा सम्भावित रूपमा अस्थायी अन्धोपन हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
यस्ता किराहरु पनि अरु किराहरु जस्तै बत्तिमा आकर्षित हुने हुनाले राती अबेरसम्म बत्ति नबाल्ने, झ्यालमा जाली लगाउने, झुलको प्रयोग गर्ने तथा लामो बाहुला भएका लुगाहरु लगाउने गर्नुपर्दछ ।
किरा शरीरमा बसिहाले पनि उसलाई नमाड्ने केही हानी नपुग्ने गरी शरीरबाट हटाउनु पर्दछ । प्रारम्भिक उपचारको रुपमा तत्काल साबुनपानीले मिचिमिचि धुने र स्वास्थ्कर्मीका अनुसार एलर्जीका औषधीहरु लगाउनुपर्दछ ।
Categorized in समाज