arin enterprises

त्रिकोणात्मक सिरिजमा नामिबिया र नेदरल्याण्ड भिड्दै

SamacharDesk | २०८० फाल्गुण २०, आइतबार

त्रिकोणात्मक टि–२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ ।

आज बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिष्पर्धा गर्नेछ ।

नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ ।

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।

कीर्तिपुर मैदानमा हिजो भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको हो ।

खेलमा जितका लागि १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।

नेपालको जितमा रोहित पौडेल र गुलसन झाले शानदार ब्याटिङ्ग प्रर्दशन गरेका थिए ।

Categorized in स्पाेर्ट्स