३३ बर्षपछि नापोली सिरी ए च्याम्पिन
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख २२, शुक्रबार

नापोलीले ३३ वर्षपछि इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ ।
बिहीबार राति उडिनेस विरुद्ध भएको खेलमा नापोलीले १–१ को बराबरी खेल्दै नापोलीले ५ खेल अगावै उपाधि जितेको हो ।
नापोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । नापोलीले यसअघिका दुई उपाधि अर्जेन्टिनाका दिग्गज डिएगो म्याराडोनाको समय सन् १९८७ र १९९० मा जितेको थियो ।
उडिनेसको घरेलु मैदानमा भएको खेलको १३ औं मिनेटमा सान्डी लोभ्रिचले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए ।
तर, ५२ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १–१ को बराबरीमा ल्याए ।
यो बराबरीमा १ अंक जोड्डै ८० अंक सहित शीर्ष स्थानको नापोलीले दोस्रो स्थानको लाजियोमाथि १६ अंकको अग्रता लिएको छ ।
Categorized in स्पाेर्ट्स