नापोलीलाई १८ अंकको अग्रता
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण २८, आइतबार

इटालियन सिरी ए को शीर्ष स्थानको नापोलीले १८ अंकले अग्रता लिएको छ । शनिबार राति भएको खेलमा एट्लान्टालाई २–०ले हराउँदै नापोलीले १८ अंकले अग्रता लिएको हो ।
नापोलीको जितमा कभिचा कभाराकेस्लिया र अमिर रहमानीले एक एक गोल गरे । खेलको ६० औं मिनेटमा कभिचाले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि ७७ औं मिनेटमा अमिरले गोल गर्दै नापोलीलाई २–० को जित दिलाए ।
यस जितसँगै नापोलीले उपाधि होड बलियो बनाएको छ । जितसँगै नापोलीले २६ खेलमा ६८ अंक जोडेको छ ।
उनका निकतम प्रतिद्वन्ली इन्टर मिलानको २६ खेलमा ५० अंक रहेको छ ।
एट्लान्टा ४२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स