arin enterprises

काठमाडौंमा नेसनल चेस च्याम्पियनसिप हुने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ४, सोमबार

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा चेसको नेसनल च्याम्पियनसिप हुने भएको छ ।

वैशाख ५ देखि १० सम्म हुने प्रतियोगिता लाजिम्पाटस्थित होटल ले हिमालयमा हुने महासंद्यले जनाएको छ ।

राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा २२ औं ओपन एवं सातौं वुमन गरी दुई विधामा हुनेछ । च्याम्पियनसिपको यस दुवै विधामा १०÷१० खेलाडी सहभागिता रहनेछ ।

पुरुषतर्फ नेसनल बी च्याम्पियनसिपबाट छनोट भएका आठ जना , उच्च रेटिङ भएका एक र वर्तमान च्याम्पियन एकको सहभागिता हुनेछ ।

यसपटक उपाधिका लागि वर्तमान च्याम्पियन पुरुषोत्तम चौंलागाईंसहित नेसनल बी बाट छनोट भएका फिडे मास्टर रूपेश जैसवाल, फिडे मास्टर क्षितिज भण्डारी, पूर्वविजेता क्यान्डिडेट मास्टर केशव श्रेष्ठ पूर्वविजेता सूरवीर लामा, झापाका प्रकाशचन्द्र नेपाल एवं राजन सुवेदी, काठमाडौंका पुरुषोत्तम सिलवाल र दोलखाका राजीव कार्कीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै महिलातर्फ वर्तमान च्याम्पियन वुमन फिडे मास्टर सुजना लोहनीसहित नेसनल बी बाट छनोट भएका पूर्वविजेता सिन्दिरा जोशी, झापाका कृतिसारा अधिकारी एवं पुनम प्रसाईं, मोरङका खुश्बु थापा एवं शान्ति धिमाल, कास्कीकी पूजा भण्डारी, काठमाडौंका विनीता कपाली, रिया श्रेष्ठ र मार्सल तामाङ रहेकि छिन् ।

Categorized in स्पाेर्ट्स