arin enterprises

पाकिस्तानमा राष्ट्रव्यापी रुपमा मोबाइल फोन सेवा बन्द

SamacharDesk | २०८० माघ २५, बिहिबार

पाकिस्तानले बिहीबार चुनावको दिन राष्ट्रव्यापी रुपमा मोबाइल फोन सेवा बन्द गरेको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले कानून र व्यवस्था कायम गर्न भन्दै यस्तो निर्णय लिएको हो ।

देशव्यापी रूपमा मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमा भनेका छन् ।

एक्समा पोस्ट गर्दै पाकिस्तान थरिक–ए–इन्साफ (पीटीआई) ले यो निकै महत्त्वपूर्ण दिनमा यसको विरुद्ध वरपर रहेका जोकोहीलाई इन्टरनेटमा पहुँच पाउन सक्नेगरि आफ्नो व्यक्तिगत वाईफाई अकाउन्टको पासवर्ड हटाइदिन अनुरोध गरेको छ ।

“पाकिस्तानको अवैध, फासिस्ट सरकारले मतदानको दिन पाकिस्तानभर सेलफोन सेवा बन्द गरेको छ । तपाईंहरू सबैलाई यस किसिमको कायरतापूर्ण कदमलाई चुनौती दिन आफ्नो व्यक्तिगत वाईफाई अकाउन्टको पासवर्ड हटाइदिन अनुरोध गर्दछौं, ता कि वरपर रहेका जोकोहीले यो निकै महत्त्वपूर्ण दिनमा इन्टरनेटमा पहुँच पाउन सकून् । यसमा हामी सबै साथमा छौं र साथमै हाम्रो जीत हुनेछ ” पोस्टमा लेखेको छ ।

अहिले पाकिस्तानभर रहेका सम्पूर्ण मतदान केन्द्रमा केन्द्रीय र प्रदेश सभाका लागि मतदान चलिरहेको छ ।

राजधानी इस्लामावादमा रहेका एएफपीका पत्रकारहरूले बिहान ८ः०० बजेदेखि सरु भएपछि मोबाइल इन्टरनेटमा पहुँच बनाउन सकेका छैनन् ।

Categorized in अन्तर्राष्ट्रिय