रुसको बेलारुसमा आणविक हतियार भण्डार गर्ने तयारीप्रति नाटोको आपत्ति
SamacharDesk | २०७९ चैत्र १४, मंगलबार

रुसले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने तयारीप्रति नाटोसहित पश्चिमा देशहरुले आपत्ति जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिनमिर पुटिनले आगामी जुलाई १ भित्रै छिमेकी बेलारुसमा आणविक हतियार भण्डारण गर्ने तयारी भइरहेको घोषणा गरेपछि पश्चिमा देशहरुले रुसी निर्णयको भत्सना गरेका हुन् ।
नाटोले रुसको यो निर्णयले आणविक अप्रसार सन्धिको उल्लंघन मात्रै नभई आणविक हतियारको विस्तार हुने भन्दै रुसको आलोचना गरेको छ ।
नाटोका प्रवक्ता ओएन्ना लुङ्गेस्कुले रुसी राष्ट्रपति पुटिनको यो नर्णय खतरनाक र गैरजिम्मेवार भएको बताए ।
साथै उनले रुस गैरजिम्मेवार बन्यो भन्दैमा नाटोलाई अन्तर्राष्ट्रिय मान्यता र मापदण्डबाट बाहिर नजान पनि आग्रह गरे ।
त्यस्तै युक्रेनले रुसी निर्णयमाथि छलफल गर्न र थप कदम चाल्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक माग गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय