एनसेलले महशुल दर घटायो
SamacharDesk | २०७९ पौष १९, मंगलबार

एनसेलले कल शुल्क घटाएको छ । एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट १ रुपैयाँ ६२ कायम गरेको जनाएको छ ।
यस अघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक १ रुपैयाँ ९९ पैसा शुल्क रहेको थियो ।
नयाँ शुल्क लागु भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रति मिनेट मात्र २ रुपैयाँ बराबरमा कल गर्न सक्ने भएको कम्पनीले जनाएको छ ।
यसअघि यो शुल्क कर सहित २ं रुपैंयाँ ५२ पैसा रहेको थियो । यसबाट एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
Categorized in बिजनेस