साउथ आफ्रिका माथि नेदरल्याण्ड्सको ऐतिहासिक जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १, बुधबार

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले ऐतिहासिक जित हात पारेको छ । मंगलबार भएको खेलमा साउथ अफ्रिकालाई ३८ रनले हराउँदै नेदरल्याण्ड्सले पहिलो जित हात पारेको हो ।
धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिका २ सय ७ रनमै अलआउट भयो ।
साउथ अप्रिकाको लागि डेभिड मिल्नरले सर्वाधिक ४३ रनको योगदान दिए । केशव महाराजले ४०, हेनरिक क्लासेनले २८ रन जोड्डा जेराल्ड कोएत्जी २२, क्विनटन डी कोक २० रनमा आउट भए ।
नेदरल्याण्डको लागि लोगान भान विकले सर्वाधिक ३ विकेट लिए । बास डी लिडे, रुलोफ वान डेर, पाउल वेन मिकेरेनले समान २ तथा कालिन एकरमेनले १ विकेट हात पारे ।
यसअघि टस हारेर सुरुआती ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।
उसको लागि कप्तान स्काट एडवर्ड्सले नटआउट सर्वाधिक ७८ रन बनाउँदा रुलोफ वान डेरले २९ रन बनाएका थिए । आर्यन दत्त २३ रनमा अविजित रहेका थिए । अन्यको प्रर्दशन उल्लेख्य थिएन ।
साउथ अफ्रिकाका लुंगी एनगिडी, मार्को जानसन, कगिसो रबाडाले समान तीन तथा जेराल्ड कोएत्जी र केशव महाराजले समान एक विकेट लिएका थिए ।
नेदरल्याण्ड्सले तेस्रो खेलमा आएर अप्रत्यासीत जित आत्मसाथ गर्यो ।
यता साउथ अफ्रिका भने तेस्रो खेलमा कमजोर मानिएको नेदरल्याण्ड्ससँग स्तब्ध बन्यो ।
Categorized in स्पाेर्ट्स