arin enterprises

नेकपा एसले बनायो संविधान संशोधन सुझाव समिति

SamacharDesk | २०८१ पौष २, मंगलबार

नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ । 

जसमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । महासचिवको नेतृत्वमा उपमहासचिवहरु सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ ।

सो पार्टीको स्थायी कमिटिको बैठकले संविधान संशोधनका लागि सुुझाव पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको हो ।

नेताहरुको कार्यविभाजन भने दुई दिन पछि गर्ने निर्णय गरेको मंगलबारको स्थायी समिति बैठक सकिएपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदलमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीले पार्टीलाई जनतासँग जोड्न र जनताका दैनिक समस्या पहिचान गरेर जनसंघर्ष वा आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

जनसङ्घर्षका कार्यक्रम तयार गरेर सार्वजनिक गर्ने खतिवडाको भनाइ छ ।

Categorized in राजनीति