arin enterprises

नेपाल विश्वकप छनोट खेलको दोस्रो चरणमा प्रवेश

SamacharDesk | २०८० आश्विन ३०, मंगलबार

नेपाल फिफा विश्वकप २०२६ छनोट खेलको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको राजधानी भिएनतियानस्थित न्यु लाओस नेशनल स्टेडियममा आज भएको दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराएको हो ।

मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । उनले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए ।

यसअघि काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालले अब समूह एचमा बहराईन, युएई र यमनसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउनेछ ।

Categorized in स्पाेर्ट्स