arin enterprises

सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २८, मंगलबार

 सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ ।

प्राविधिक टोलीले अहिले उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको थियो । प्रहरी फेसबुक पोज ह्याक भएको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

यस्तै आजै नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

Categorized in समाज