उपाधि भिडन्तमा नेपालको हार
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण ३०, बुधबार

हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार उपाधि भिडन्तमा पपुवा न्युगिनी (पिएनजी)सँग नेपालले ८६ रनको हार ब्यहोरेको हो ।
पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदै आउट भए ।
आरिफ शेखले १५ र रोहित पौडेलले १२ रन बनाउँदा अरु भने सस्तैमा आउट भए ।
पीएनजीका काबुआ मोरिया, सेमो कामिया, चाड सोपर, सेसे बाउले समान २ विकेट लिए । एली नाओले एक विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । ओपनर टोनी उराले ६१ रनको अर्धशतकिय पारि खेल्दै पीएनजीलाई राम्रो सुरुवात दिलाएका थिए ।
एली नाओले अविजित ३० रन जोडे । हिरी हिरीले १४, हिला भारेले १८, चाड सोपरले १३ र किप्लिन डोरिगाले १४ रन जोड्डा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।
करन केसी र गुलसन झाको नाममा समान एक विकेट रह्यो ।
Categorized in स्पाेर्ट्स