arin enterprises

नेपाल भारत कविता महोत्सव आगामी मार्चमा हुने

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ मङ्सिर २३, शुक्रबार

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१औं स्वतन्त्र काव्य गोष्ठी सम्पन्न भएको छ ।

२२ जना सर्जकहरुबाट आ–आफ्ना रचना कविता, खोरिया, मुक्तक, उदक, पन्चाङ्ग, सुसेली आदि वाचन गर्दै गोष्ठी सम्पन्न भएको हाे ।

गोष्ठीमा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ, नेपालका सल्लाहकार मणिराज सिंहले हालै काठमाडौंमा सम्पन्न नेपाल भारत कविता महोत्सवका सहभागिलाई धन्यवाद ज्ञापन गर्दै आगामी महोत्सव २०२३ मार्चमा हुने जानकारी दिए ।

त्यसैगरी साहित्यकार कलानिधि दाहाल, अतिथि गंगा लिगल लगायतले प्रतिष्ठानले नियमित रुपमा कार्यक्रम आयोजना गर्दै आएकोमा खुशी व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले कार्यक्रम निरन्तर रुपमा आयोजना गर्न सहयोग पुर्‍याउने सहयोगीलाई धन्यवाद दिँदै साहित्यका विभिन्न विधाहरुको बारेमा जानकारीमूलक मन्तव्य राखेका थिए ।

Categorized in पेजथ्री