arin enterprises

नेपाल युएईसँग पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १, शुक्रबार

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा नेपाल युएईसँग ४–० गोलले पराजित भयो ।

दुबईमा भएको खेलमा युएईले पहिलो हाफमै चार गोल गरेको थियो । घरेलु टोलीका लागि खालिफा अल हमादीले ११ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि अली माब्खोउटले ३६ मिनेटमा पेनाल्टीबाट र ४४ मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा फाबियो लिमाले युएईका लागि चौथो गोल गरेका थिए ।

दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन् ।

दोस्रो चरणका खेलहरु होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले तीनै टिमसँग होम र अवे गरी २–२ खेल गरि ६ खेल खेल्नेछ ।

युएई समूहको सबैभन्दा बलियो टिम हो । फिफा वरीयतामा युएई ६९औं स्थानमा छ । यस्तै बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।

पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।

नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल दशरथ रंगशालामा साँझ ७ बजे खेल्नेछ ।

पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो ।

Categorized in स्पाेर्ट्स