नेपाल विश्वकप छनोटमा पुग्न एक जित टाढा
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण २९, सोमबार

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि कीर्तिमानी जित निकालेको छ ।
आज त्रिवि मैदानमा भएको खेलमा नेपालले पिएनजी माथि ९ विकेटले जित निकालेको हो । यो जितसँगै नेपाल विश्वकप छनौट खेल खेल्न मात्र एक जित टाढा रहेको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले ३२ ओभरमा ९५ रन मै अलआउट भयो ।
पिएनजीलाई सस्तैमा समेत्न सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडिन सहित २५ रन खर्चेर पाँच विकेट लिए ।
यस्तै ललित राजवंशी र कुशल मल्लले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट हात पारे ।
पिएनजीले दिएको ९६ रनको लक्ष्यलाई नेपालले ७.४ ओभरमा जम्मा १ विकेटको क्षतिमा पूरा ग¥यो।
नेपालको जितमा आशिफ शेखले अर्धशतक प्रहार गरे। शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५३ रन जोडे ।
यस्तै कुशल मल्लले नटआउट १२ रन जोडे। त्यसअघि ओपनर कुशल भुर्तेल ३३ रन जोडेर आउट भएका थिए ।
उनले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
नेपालको यो विकेटको आधारमा हातमा पारेको अहिलेसम्मकै ठूलो जित हो। यसअघि नेपालले अमेरिकालाई सन् २०२० मा ८ विकेटले हराएको थियो ।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज सात देशबीचको आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो।
आइतबार युएईमाथि जित निकालेसँगै नेपालले दुई खेल खेल्न बाँकी छदै एकदिवसीय मान्यता जोगाएको थियो ।
नेपालले अब बाँकी रहेको अन्तिम खेलमा जित निकाले नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।
सिरिजमा नेपालले अन्तिम खेल चैत २ मा युएईसँग खेल्नेछ ।
लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ।
अन्तिम खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ । अमेरिका ३६ खेलबाट ३५ अंक जोड्डै पाँचौ स्थानमा रहेको छ । युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ ।
लिग–२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३५ खेलबाट ११ अंक छ।
Categorized in स्पाेर्ट्स