arin enterprises

नेपालको पासपोर्ट विश्व वरियतामा ९६औं स्थानमा

SamacharDesk | २०८० पौष २६, बिहिबार

नेपाली पासपोर्टको स्तर अन्तिमबाट आठौं स्थानमा परेको छ ।

विश्वका विभिन्न देशहरुको पासपोर्टको बर्गीकरण गर्ने हेन्ली पासपोर्ट इण्डेक्सले गरेको सर्वेक्षण अनुसार नेपाली पासपोर्ट ९८औं स्थानमा परेको हो ।

विश्वकै सर्वाधिक शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन रहेको छ । त्यस्तै दोस्रो स्थानमा फिनल्याण्ड, दक्षिण कोरिया र स्वेडेनको पासपोर्ट दोस्रो नम्बरमा परेका छन् । यी राष्ट्रहरूमा १९३ देशमा भिसा अनअराइभलको सुविधा रहेको छ । 

तेस्रो स्थामनमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्डको पासपोर्ट तेस्रो नम्बरमा परेका छन् । अमेरिकाको पासपोर्ट सातौं स्थानमा परेको छ ।

हेन्ले पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सन् २०२४ को शक्तिशाली पासपोर्टको सूची अनुसार यी राष्ट्रहरूको पासपोर्ट सबैभन्दा शक्तिशाली भएको हो ।

हेन्ली पासपोर्ट इन्डेक्सले हवाई टिकट काटेर सोझै सम्बन्धित देशमै पुगेर भिसा लाग्ने आधारमा पासपोर्टको बर्गीकरण गर्ने गर्दछ ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटीए)ले उपलब्ध गराउने डाटा अनुसार गरिएको बर्गीकरणमा नेपाली पासपोर्ट ९८औं स्थानमा परेको हो ।

सन् २००६ मा ७६ औं स्थानमा रहेको नेपाल त्यसयता भने खस्कदै गएको अवस्था छ । सन् २०१५ मा नेपाल विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा १०५औं स्थानमा झरेको थियो ।

यस्तै, २०२१ मा ११० औं स्थानसम्म झरेको नेपाल २०२४ सम्म आइपुग्दा ९८औं स्थानमा पुगेको हो । नेपालका नागरिकलाई ४० देशमा भिसा अनअराभइलको सुविधा रहेको छ ।

नेपालसंगै लिविया र प्यालेस्टाइन परेका छन् भने उत्तर कोरियाको पासपोर्ट नेपालको भन्दा एक स्थान अगाडि रहेको छ ।

भारतको पासपोर्ट ८०औं स्थानमा परेको छ भने चीनको पासपोर्ट ६२औं स्थानमा परेका छन् । अफगानिस्तानको पासपोर्ट सवैभन्दा कमजोर रहेको छ ।

Categorized in राष्ट्रिय