arin enterprises

जयनगरबाट बिजलपुरासम्म रेल सेवा सञ्चालनमा

SamacharDesk | २०८० आषाढ ३१, आइतबार

बहुप्रतिक्षित कुर्था–बिजलपुरा १७ किमी ब्रोडगेज रेलमार्गको उद्घाटन गरिएको छ ।

भारत सरकारको एक हजार २५० करोड अनुदान सहयोगमा निर्माण भएको रेलवे ट्रयाकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार उद्घाटन गर्नुभयो ।

गत वर्षदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आईतवारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो ।

कुर्थाबाट बिजलपुरासम्मको निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।

जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालनमा आएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर शुरुवात गर्नुभएको हो ।

रेल उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताउनुभयो ।

उहाँले जयनगर विजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको तर्क गर्नुभयो ।

Categorized in राष्ट्रिय