नेपाल सम्वत् अब सरकारी क्यालेण्डरमा
SamacharDesk – Ram Dangol | २०८० कार्तिक २७, सोमबार

नेपाल सम्वत् ११४४ भोलि मंगलबादेखि प्रारम्भ हुँदैछ ।
यो सम्वत् नेवाःहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस सम्वत् लाई प्राथमिकतामा राखि नेपाल सम्वत् ११४४ देखि सरकारी क्यालेन्डर तथा सरकारी कागजातहरुमा पनि उल्लेख गर्ने निर्णय गरेको छ ।
नेपाल सम्वत् नेपालमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो। नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः हुन्।
उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो।
भक्तपुरका राजा राघवदेवको आज्ञामा वि।संझ। ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो।
नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रहेको थियो ।
Categorized in राष्ट्रिय