arin enterprises

राजवंशी र पौडेल चम्कंदा नेपाल लिग–२ वाटै जोगियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण २८, आइतबार

नेपाल क्रिकेट टिम लिग–२ वाटै जोगिएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईमथि १ सय ७७ रनले जित हासिल गरे ।

यो जितसँगै नेपालले लिग–२ वाटै आफ्नो एकदिवसीय मान्यता कायमै राखेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नियमअनुसार लिग–२ को शीर्ष पाँच टिमको एकदिवसीय मान्यता कायम रहने छ ।

आज दिउँसो भएको महत्वपूर्ण खेलमा नेपाललो युएईलाई सस्तैमा समेतिए । युएई २२.५ ओभरमा मात्र ७१ रन बनाउँदै अलआउट भए ।

नेपाललाई जित दिलाउन ललित राजवंशीले उत्कृष्ट भुमिका खेले । राजवंशीले ७.५ ओभरमा दुइ मेडिन सहित २० रन खर्चेर पाँच विकेट लिए ।

टस जितेर पहिलो ब्याटिंग गरेका नेपालको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७७ रन जोड्डै उत्कृष्त अर्धशतकिय पारि खेले । उनले १ सय १२ बलमा नौ चौका प्रहार गरे ।

लगातार विकेट गुमी रहेको स्थितिमा मैदान प्रवेश गरेका रोहितले भीम सार्कीसँग चौथो विकेटका लागि ५४ रन र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। जसका कारण नेपालको इनिङ राम्रो भएको थियो ।

अर्धशतक प्रहार गरेसँगै रोहित नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी भए। रोहितले नेपालका लागि एक शतकसहित आठ अर्धशतक प्रहार गरेका छ्न् ।

त्यसअघि नेपालका ओपनरद्वय आसिफ शेख शून्य र कुशल भुर्तेल ८ रनमा आउट भएका थिए। कुशल मल्ल ९ रनमा आउट भए ।

बलिङमा युएईका आयान खान, जहूर खान, जावर फरिद र रोहान मुस्ताफाले २–२ विकेट लिन सफल भए ।

यो नेपालले रनका आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। यसअघि नेपालले सन् २०२१ मा पिएनजीमाथि १सय ५१ रनको जित निकालेको थियो ।

आज जित हात पारेसँगै अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।

लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । आजको जितले लिग–२ को अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ ।

यदि नेपालले बाँकी दुवै खेल जिते नामिबियालाई पछि पार्नेछ । पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक भने युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ ।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो ।

नेपालले बाँकि खेलहरु अब २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ । 

Categorized in स्पाेर्ट्स