arin enterprises

नेपालले बंगलादेशलाई ३–१ गोलले हरायो

SamacharDesk | २०७९ आश्विन ११, मंगलबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशसँग सहज जित निकालेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ को गोल अन्तरले हरायो । नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा सानदार जित निकालेको छ ।

नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो । नेपालको जितमा अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभएको हो । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।

यो सँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गोल संख्या १० पु¥याएका छन् । यस्तै बंगलादेशका लागि खेलको ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गोल गरे ।

यसैबीच बंगलादेशविरुद्ध खेलबाट नेपालका ऋतिक खड्का र आशिष चौधरीले राष्ट्रिय टोलीमा डेब्यू गर्नुभएको छ ।

ऋतिक ८१औं मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा तथा आशिष विमल घर्तीमगरको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।

Categorized in स्पाेर्ट्स