arin enterprises

नेपाली कांग्रेस (वीपी) घोषणापत्रको मस्यौदा सार्वजनिक

SamacharDesk | २०७९ भाद्र २७, सोमबार

नेपाली कांग्रेस (वीपी)ले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्रबारे छलफल गरेको छ ।

घोषणापत्रको मस्यौदा केन्द्रीय समितिमा सार्वजनिक भएको छ । पार्टीका प्रवक्ता शिव सिम्खडाले सार्वजनिक मस्यौदामा सुझाव पेश गर्न आग्रह गरेको छ ।

घोषणापत्रमा राजसंस्था, धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र, राजनीतिक स्थायित्व र दिगो शान्ति स्थापना गरी समृद्धि प्राप्त गर्ने विषय समेटिएको छ ।

यस्तै महंगी, बेरोजगारी, दैनिक उपभोगका वस्तुको अभावलाई समाधान गर्न पर्यटन प्रवद्र्धनलाई आधार बनाउने उल्लेख छ । यस्तै शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

दैनिक जनजीविकालाई सहज बनाउँदै आर्थिक, समृद्धिको दिशातर्पm लैजान देशमा उपलब्ध  स्रोत साधनको उच्चतम प्रयोग गर्ने उल्लेख छ । यस्तै असंलग्न नीति पछ्याउँदै सबै छिमेकीहरुसँग समान सम्बन्ध स्थापित गरी लाभ लिने पार्टीको उद्देश्य रहेको पार्टीका पं्रवक्ता सिंखडाले बताए ।

यस्तै आजको बैठकले निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । पार्टीलाई निर्वाचनमा सकेसम्म बढी ठाउँमा विजय बनाउन एक ढिक्का भएर लाग्न पार्टी सभापति सुशीलमान शेरचनले निर्देशन दिए ।

आजको केन्द्रीय समिति बैठक अघि नेपाली कांग्रेस मकवानपुरकी महिला नेतृ रीता खनालसहित विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस वीपीमा प्रवेश गरेका थिए ।

Categorized in राजनीति