फिल्म क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको छ : उपप्रमुख डंगोल
SamacharDesk | २०८० भाद्र १७, आइतबार
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
उहाँले काठमाडौं महानगरपालिकाले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताउनुभयो ।
‘‘फिल्म क्षेत्र, ड्रामामार्फत होस् वा थ्रिएटरमा हेर्ने मुभीहरू हुन्, सबै पाटोलाई बलियो पाटको रूपमा लग्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर छ ।
विभिन्न क्रिएटिभ सेक्टरहरूमा जस्तै, खाना, आर्ट, म्युजिक यस्ता विभिन्न क्षेत्रको सात विभिन्न क्षेत्र र विधामा युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर संसारको विभिन्न सहरहरू त्यो नेटवर्कमा बस्छन् । कसैले क्रिएटिभ सिटज अफ म्युजिक भनेर दर्ता गर्छ कसैले क्रिएटिभ सिटिज अफ ग्यास्ट्रोनोमिज भनेर खानेकुरालाई नै भनेर त्यो सहरलाई ब्राण्डिङ गरिरहेको हुन्छ भने कामनपाले हामीले अप्लाइ गरेका छौँ ।,’’ उपप्रमुख डंगोलले भन्नुभयो,
‘‘यो २०२४ को सुरुसम्म त्यसको रिजल्ट आउँछ । हामी त्यो अवार्ड पाउनेछौँ । हामीले क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोज गरेका छौँ । युनेस्कोमा यो अप्लाइ गरिसकेपछि त्यो रिजल्ट आएपछि यस पटक हामीले कामनपाको ब्युटी, कलाकृति, ऋतिरिवाज, मूर्त, अमूर्त सम्पदा देखाउने माध्यम फिल्म भनेर देखाएका छौँ ।’’
उहाँले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
Categorized in स्थानीय