बेलायतमा नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर शो
SamacharDesk – बिराज | २०७९ भाद्र १३, सोमबार

चर्चित तेक्वान्दो खेलाडी एवम् भुतपुर्ब ब्रिटिश आर्मी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा भएको छ ।
बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा गत २७ अगष्टका दिन रेड कार्पेटसहित भब्य समारोहका बीच चलचित्रको प्रदर्शन भएको हो ।
नेपाली सिने जगतका अधिकाशं चर्चित कलाकारहरुको साथै बेलायतमा रहँदै आएका बिशिष्ट ब्यक्तित्त्वहरुको बाक्लो उपस्थितिमा चलचित्रको प्रदर्शन गरिएको थियो ।
चलचित्रको प्रिमियर पछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा पनि चलचित्रको प्रदर्शन गर्दै जाने चलचित्रका निमार्ता एबम् कलाकार राज कुमार राईले बताउनुभयो ।
नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ । नेपाल लगायत बिभिन्न देशमासमेत छायाङ्कन गरिएको चलचित्र ‘सोल अफ द कमाण्डो’ ले नेपाली चलचित्रको क्षेत्रमा नयाँ आयाम ल्याउने बिश्वास निर्माण पक्षको रहेको छ ।
युवराज राई (वीरबहादुर) द्वारा निर्देशित चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मीको संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ ।
चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पुर्ण लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रका अभिनेता राजकुमार राई कलाकारसँगै कुशल खेलाडी र ब्रिटिस आर्मीका भुतपुर्ब वास्तविक कमाण्डर समेत हुन् ।
बि.स.२०५६ सालमा नेपालमा आयोजित आठौं साफ गेममा उनले नेपाललाई तेक्वान्दोमा स्वर्ण पदक जिताएका थिए । ग्राण्ड मास्टर सातौं डन समेत रहेका उनी सन् १९८६ मा कोरियामा आयोजित दशौं एशियन खेलमा काँस्य पदक विजेता हुन ।
उनी नेपाल सरकारबाट गोरखा दक्षिण बाहु पाँचौं पदक र तेश्रो पदक सम्मानबाट विभुषित व्यक्तित्व पनि हुन् ।
Categorized in पेजथ्री