arin enterprises

शान्तिप्रिय देशको सूचिमा नेपाल ७३औं स्थानमा

SamacharDesk | २०७९ आषाढ ३, शुक्रबार

शान्तिका दूत भगवान बुद्धको जन्मस्थल नेपाल विश्वको शान्तिप्रिय देशको सूचिमा ७३औं स्थानमा पुगेको ।

ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो ।

विश्वका १ सय ६३ स्वतन्त्र राष्ट्रको सार्वजनिक गरिएको तथ्यांकमा सबैभन्दा शान्त देश आइसल्याण्ड पुनः सबैभन्दा शान्तिप्रिय देश बन्न सफल भएको छ ।

दोस्रो स्थानमा न्यूजिल्यान्ड र तेस्रोमा आयरल्यान्ड परेका छन् । विश्वभरमा सबैभन्दा अशान्त देशमा अफगानिस्तान परेको छ । अशान्त देशहरुमा अफगानिस्तानपछि यमन र सिरियाको नाम उल्लेख छ ।

युक्रेन युद्धमा होमिएको रुस चौंथो अशान्त देश बनेको छ । शान्तिप्रिय देशमा डेनमार्क चौंथो, अस्ट्रिया पाँचौ, पोर्चुगल छैटौं, स्लोभानिया सातौं, चेक गणराज्य आठौं, सिंगापुर नवौं र जापान दशौं स्थानमा छन् ।

Categorized in राष्ट्रिय