arin enterprises

नेपाली टेबलटेनिस टोली आइतबार भारत जाँदै

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण १३, शनिबार

डब्लुटीटी स्टार कन्टेन्डरमा सहभागी हुन नेपाली टेबलटेनिस टोली भारतको गोवामा जाने भएको छ ।

फेब्रुअरी २७ देखि मार्च ३ सम्म हुने प्रतियोगितामा नेपालवाट चार खेलाडीसहित छ सदस्यीय नेपाली टेबलटेनिस टोली आइतबार भारत प्रस्थान गर्न लागेको हो ।

प्रतियोगितामा पुरुषमा संयोग कपाली र विपुल महर्जन तथा महिलामा नवीता श्रेष्ठ र एलिना महर्जनले प्रतिस्पर्धा गर्ने छन् । टोलीको व्यवस्थापकमा निकेशप्रसाद जोशी छन् भने प्रशिक्षकमा राकेश महर्जन छन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले शुक्रबार सातदोबाटोमा भएको एक कार्यक्रमबीच बिदाइ गरे ।

टोलीको प्रायोजन ललितपुर पूर्णचण्डीमा रहेको सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. ले गरेको छ ।

Categorized in स्पाेर्ट्स