arin enterprises

“नेटा भि” को मेगाएक्सचेन्ज क्याम्प

SamacharDesk | २०८० पौष २५, बुधबार

सिजि मोटर्स प्रा. लि.ले विद्युतिय सवारी साधन “नेटा भि” को बजार प्रवद्र्धनका लागि मेगाएक्सचेन्ज क्याम्पको आयोजना गरिएको छ ।

हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कुरा कम्पनिले जनाएको छ ।

पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखसम्म उपलब्ध गराउने कम्पनिले जनाएको छ ।

“स्वीच टु द प्योर इभी” नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भिको प्रवद्र्धन गर्नु मात्र नभइ प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कम्पनिले एक प्रेस विज्ञप्तिमार्पmत जनाएको छ ।

नेटा भि गाडिमा ८ वर्ष वा १,५०,००० किमीको वारेन्टि रहेको छ, जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भि को प्रयोग गर्न सक्छन् ।

यसका साथै यसमा रहेको एचईपीटी २.० प्रविधिले ब्याट्रिलाई तात्न वा बढि चिसो हुन नदिने कम्पनीको दाबी छ । नेटा भी हाल नयाँ ५० कि. वा. को एलएफपी ब्याट्रि सहित शोरुमहरुमा उपलब्ध छ ।

एलएफपी ब्याट्रि हाल उपलब्ध ब्याट्रिहरु मध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । नयाँ ब्याट्रिले गर्दा नेटा भि अब सबैभन्दा सुरक्षित ब्याट्रियुक्त तथा ३८० किमीको लामो रेन्जसहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन बन्न सफल हुने कम्पनीले जनाएको छ ।

यसका साथै यो ब्याट्रिले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ । मेला छोटो समयको लागि भएकोले समयमै मौको फाइदा लिन कम्पनीले आग्रह गरेको छ ।

Categorized in बिजनेस