arin enterprises

नेदरल्याण्ड्सले जित्यो त्रिदेशीय टि–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि

SamacharDesk | २०८० फाल्गुण २२, मंगलबार

नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले हराउँदै त्रिदेशीय टि–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि उचालेको छ ।

मंगलबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड एन्गेलब्रेच्टले ४८ रन बनाए ।

त्यस्तै, बिक्रमजीत सिंहले २९ र मेक्स ओडाडले २२ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरोले समान १–१ विकेट हात पारे ।

नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाए ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिए ।

Categorized in स्पाेर्ट्स