arin enterprises

नामिबियामाथि नेदरल्यान्ड्सको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण ७, सोमबार

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सले जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नामिबियामाथि ७ विकेटको जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रन बनाउँदै अलआउट भयो । नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक २६ रन र रुबेन ट्रम्पेलमनले २० रन जोडे भने अरुको ब्याटिंग उल्लेखनिय रहेन ।

बलिङमा नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिए। उनले ८ ओभरमा ३४ रन दिए । नामिबियाले दिएको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा २७.२ ओभरमै पूरा गर्‍यो।

नेदरल्यान्ड्सका लागि मिकेल लेभिटले ५७ रन जोड्दा म्याक्स ओ’डाउदले २८ रन बनाए । बास डी लीडले नटआउट २१ रनको योगदान गरे ।

यहि सिरिज अन्तरगत बुधबार नेपाल र नामिबियाबीच खेल हुनेछ ।

यसअघि पहिलो खेलमा नामिबियाले नेपालमाथि जित निकाल्दा दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो ।

Categorized in स्पाेर्ट्स