युक्रेनलाई हराउँदै नेदरल्यान्ड्सकोे विजयी सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३१, सोमबार

युरोकपमा नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ ।
आइतबार राति आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा भएको खेलमा युक्रेनलाई ३–२ गोलले पराजित गर्दै नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको खेलको ५२ औं मिनेटमा कप्तान जर्जिनियो विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
५९ औं मिनेटमा वाउट वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाए ।
यस्तै युक्रेनको लागि खेलको ७५ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले र ७९ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्दै खेल २–२ को बराबरीमा पुर्याए ।
तर, खेलको ८५ औं मिनेटमा डेन्जल डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–२ को जित दिलाए । यो डम्फ्राइजको पहिलो अन्तराष्ट्रिय गोल हो ।
यो जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ ।
यस्तै ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ भने युक्रेन अंक विहिन तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स