arin enterprises

दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २१, आइतबार

नेदरल्यान्ड्स महिला विश्वकप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार नकआउट चरणको खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराउँदै नेदरल्यान्दस् क्वाटरफाइनलमा प्रवेश गरेको  हो ।

सिड्नी फुटबल स्टेडियममा भएको खेलमा जिल रुडले नवौं मिनेटमा पहिलो गोल गर्दै डच टिमले अग्रता लिएको थियो ।

त्यसपछि खेलको ६८ औं मिनेटमा लिन्थ बियन्सटेनले अग्रता दोब्बर पारी पछिल्लो विश्वकपको उप–विजेता नेदरल्यान्ड्सले क्वाटरफाइनल यात्रा तय गरेको हो ।

५६ औं मिनेटमा नेदरल्यान्डले गोल गरे पनि भिएआर मार्फत त्यस गोलले मान्यता पाएन ।

अब क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्को बलियो टिम स्पेनको सामना गर्नेछ ।

Categorized in स्पाेर्ट्स