नवनियुक्त आइजीपीहरुलाई दज्र्यानी चिन्ह प्रदान
SamacharDesk | २०७९ बैशाख १९, सोमबार

नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षकमा हिजो नियुक्त भएका नवनियुक्त आइजीपीहरुलाई आज एक समारोहकाबीच दज्र्यानी चिन्ह प्रदान गरेकाे छ । हिजो नियुक्त भएका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले गृह मन्त्रालयमा आज आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले फुली लगाइदिनुभएको हो ।
समारोहमा नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले सरकारले दिएको जिम्मेवारी कुशलताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अपराध न्यूनिकरणका लागि प्रहरी प्रशासनलाई चुस्त दुरुस्त रुपमा परिचालन गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले स्थानीय तह निर्वाचनलाई शन्तिपूर्ण रुपमा सम्पन्न गर्न लागिपर्ने प्रतिवद्धता जाउनुभयो ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले धीरजप्रताप सिंह र राजु अर्याललाई आइजीपीमा बढुवा गरेको हो । सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो । सिंहभन्दा अघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई महानिरीक्षक बनाएको हो ।
उता वरियतामा पहिलो, दोस्रो रहेको दावी गरिएका विश्वराज पोखरेल र सहकुल थापा न्यायका लागि अदालतमा जाने सुरसारमा देखिनु भएको छ । पोखरेल, सिंह र थापा २०४९ साल चैत ११ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए । प्रहरी प्रमुख नियुक्त सिंहभन्दा पोखरेल १६ महिना र थापा ११ महिनाअघि एआईजी बनेका थिए ।
Categorized in राष्ट्रिय