“विहे गर्दिन” भन्दै उदाय गायक सुवास पोखरेल
SamacharDesk | २०७९ पौष १४, बिहिबार

नवोदित गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो केही दिन अगाडि सार्वजनिक भएको छ ।
पोखरेलको आप्mनै शव्द तथा संंगीत अनि लक्षु प्रकाश मल्लको संयोजनमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
जिवनका रमाइला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको यस भिडियोमा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ भने गीतमा दिनेश पराजुलीको छायाँकन रहेको छ ।
त्यस्तै भिडियो सम्पादन अमृत चापागाईंले गर्नुभएको छ । गीतको भिडियोमा लोमश शर्मा, याम गुरुङ, सेजल पौडेल, पार्वती चौधरी लगायतको अभिनय रहेको छ ।
लामो समयदेखि गीतसंगीतमा लागिरहनु भएका पोखरेल हाल अमेरिकामा बसोबास गर्दै आएका छन् ।
