न्हापांगु पलाः नेवाः मिसा पुचको न्हूदँया भिन्तुना
SamacharDesk – राम डंगोल | २०८१ कार्तिक १६, शुक्रबार

न्हपांगु पलाः नेवाःमिसा पुचले नेपाल सम्वत् ११४५ तथा तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जेष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएको महिला समुहले काठमाडौंस्थित क्वहिटी बहालमा विभिन्न व्यक्तित्वहरुको साथमा सो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मुख्य अतिथि पूर्वमन्त्री तथा संघीय सांसद विराजभक्त श्रेष्ठले स्वतन्त्र र निस्पक्ष ढंगबाट जनताको सेवा गर्नेहरुमाथि राजनीतिज्ञहरुको सधैं प्रहार भइरहेको बताउनुभयो ।
उनले गणतन्त्रभित्रको विकृतिका कारण राम्रा मानिसलाई प्रतिबन्ध लगाएको तर्क गर्नुभयो । त्यस्तै अर्का अतिथि सामाजिक अभियन्ता सुमन सायमीले अधिकार प्राप्तिका लागि नेवाःहरु अघि नबढेको भन्दै आलोचना गर्नुभयो ।
उनले सांस्कृतिक चेतना पर्याप्त भए पनि राजनीतिक चेतनाको अभावमा नेवाःहरु पछि परेको बताउनुभयो । उनले सांस्कृति क्षेत्रमा जसरी नेवाःहरु लागिरहेका छन् त्यसैगरी राजनीतिक क्षेत्रमा लागेर आफ्नो हक अधिकारका लागि लाग्नुपर्ने बताउनुभयो ।
न्हापांगु पलाः संस्थाले संस्थाले एक दशकभन्दा बढी समयदेखि टोलका ज्येष्ठ नागरिकहरूलाई डे कियर सेवा प्रदान गर्दै आएको छ । दैनिक व्यस्तताका कारण एक्लो महसुस गर्ने हजुरबा हजुरआमालाई संस्थाले सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष शिला सायमीले संस्थाले उनीहरुलाई भेला गरी घरमा भएको एक्लोपनबाट बाहिर निकाल्ने तथा जीवनमा उपयोगी प्रवचन दिदै उनीहरुको जीवनको उत्सव मनाउने गरी स्वास्थ्य सेवा प्रदान गर्ने बताइन् ।
“ज्याथःजिथि मुनाः झी निभाः पाना” अर्थात् हामी ज्येष्ठ नागरिकहरु भेला होऊ, सँगै घाम तापौं भन्ने नाराका साथ संस्थाले मानव सेवाको उदेश्यका साथ काम गरिरहेको उनले दाबी गरे ।
संस्थाले वृद्धवृद्धाका लागि सामुदायिक भवन निर्माणका लागि १०० रुपैयाँ अभियान घोषणा गरेको छ ।
उनले कमसेकम सय रुपैयाँ भए पनि दान गरी उनले संस्थाको भगवानरुपी आमाबुबाको दिनचर्या विताउनका लागि उपयोगी हुने सामुदायिक भवन निर्माणका लागि कमसे कम सय रुपैयाँ भए पनि दान गर्न सबैसँग अपिल गर्नुभयो ।
Categorized in समाज