arin enterprises

नेपालमा पनि भित्रियो नयाँ प्रजातिको कोरोना

SamacharDesk – बिकाश | २०७७ माघ ५, सोमबार

नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाईरस भित्रिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै बेलायतबाट फर्किने ३ जनामा नयाँ प्रजातिको कोरोना भाईरस पुष्टि भएको जनाएको छ ।

बेलायतबाट फर्किनेहरुमध्ये ३ जनामा नयाँ प्रजातिको भाईरस संक्रमण हो होइन पुष्टि गर्न हङकङ पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।

६ वटा नमूनाको परिक्षण गर्दा ३ वटा नमूनामा s-gene target नेगेटिभ देखिएकोले थप परिक्षणका लागि गत पुष २७ गते हङकङ प्रयोगशाला पठाइएको र आज प्राप्त रिपोर्टमा नयाँ प्रजातिको भाईर पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नयाँ प्रजातिको भाईरस पुष्टि हुनेमा २८ वर्षीया एक महिला र दुई पुरुषहरु ६७ र ३२ वर्षका छन् ।

हाल २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुषमा पनि कुनै लक्षण नभएको मन्त्रालयले जनाएको छ ।

नेपालमा भ्याक्सिन उपलब्ध नभएसम्म सावधानी अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

Categorized in समाज