arin enterprises

नेवाः देय् दबू १९ वडा कमिटी गठन

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण ५, बिहिबार

नेवाः समुदायको छाता संगठन नेवाः देय् दबूको काठमाडौं महानगर १९ वडा कमिटी गठन भएको छ ।

बिहीबार कामपा वडा १९ दमाई टोलको बज्र कला कुञ्जमा भएको भेलाले हिमाल डंगोलको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो । नवगठित वडा कमिटीको उपाध्यक्षमा भने बशु नारायण महर्जन चयन गरिएको छ ।

त्यसैगरी, सचिव पदको जिम्मेवारी बिगेन तुलाधरले पाएका छन् भने अन्जली शाक्यलाई सहसचिव पदमा राखिएको छ । श्रीजना शर्मा भने कोषाध्यक्षमा चयन भएकी छन् ।

कमिटीको सदस्य पदमा सुरेश महर्जन, राजेन्द्र महर्जन, ऋतु महर्जन, न्हुछे राज मुनिकार, देबिता श्रेष्ठ, लक्ष्मी शाक्य, किरण श्रेष्ठ र सृष्टिना मुनिकार रहेका छन् ।

नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई नेवाः देय् दबू महानगर समितिका उपाध्यक्ष श्रृजन श्रेष्ठले शपथ ग्रहण गराएका थिए । त्यस्तै नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्राकारले खादा ओढाएर, बागमती प्रदेश समितिका अध्यक्ष उमेश स्थापितले टीका लगाएर बधाई दिए ।

यसैबीच नेवाः देय् दबू महानगर समितिको अधिवेशन फाल्गुन ७ गते न्यु जेनिथ स्कुल, विष्णुमति लिंकरोडमा र काठमाडौं जिल्ला समितिको अधिवेशन फाल्गुन १४ गते खुसिबुँस्थित बिनायक पार्टी भेन्युमा हुने भएको छ ।

Categorized in समाज