धान रोपाई( सिनाज्या) मा नेवाः दर्शन
SamacharDesk – बद्रि नाथ कायस्थ | २०८० आषाढ २३, शनिबार

धान रोपाई( सिनाज्या) मा नेवाः दर्शन को एक संघर्षबादी सिद्धान्त अपनाएको पाईन्छ ।
किसानहरु को लागि सिनाज्या एक मुख्य र महत्वपूर्ण काम हो ।
१. किसानहरु को लागि धान बाली एक मुख्य बाली हो ।
१.२. धान खेती गर्न धेरै मेहनत र परिश्रमयुक्त खेती भनेर मानीआएको छ ।
१.३. धान खेती मा पनि धान रोपाई ( सिनाज्या ) को काम समयमा सम्पन्न गर्नु एक ठूलो चुनौती को कुरा हुन आउंछ ।
१.४. धान रोपाई गर्न शारीरिक बल तथा तागत को साथ साथै शक्ति को आबश्यकता पर्दछ ।
१.५. किसानहरु कुलदेवता ( देगुद्य ) को पूजा गरेर शक्ति प्राप्त गर्दछन् ।
१.६. किसानहरु सिथिनख: पर्व मनाएर तागतिलो खाद्य बस्तुहरु चढाएर आफुले पनि भोज खाएर शारीरिक बल र तागत प्राप्त गर्दछन् ।
१.७. बर्षातको झरीमा रुझेर, हिलो माटोमा खेलेर, झम झम पानीमा रमाएर, धान रोपाई गरेर, किसानहरु आफ्नो शरीर मा आध्यात्मिक शक्ति, मानसिक क्षमता र शारीरिक बल र तागत को प्रदर्शन गर्दछन् ।
१.८. यस्को लागि कुमार कार्तिकेय को संघर्षमय जीवनको कहानी बाट हौसला पाउंछन् ।
१.९. यही सायद नेवार दर्शन को संघर्षबादी सिद्धान्त को आधार हो भन्न सकिन्छ ।
२.. नेवार दर्शन एक संघर्षबादी सिद्धान्त हो ।
२.१. शक्ति पीठहरु ले नेवार दर्शन को संघर्षबादी सिद्धान्तलाई टेवा पुर्याएको हुन्छ ।
२.२. शक्ति पीठहरुमा तान्त्रिक विधि अनुसार शक्ति पूजाहरु गरी शक्ति प्राप्त गरी शक्तिमान् बन्दछन् ।
२.३ शक्तिमान भएर संघर्षमय जीबनमा संघर्ष गरेर सफलताका साथ जिउने सिद्धान्त अपनाउंछन् ।
२.४. यसरी शक्तिमान भएर संघर्षमय जीवन जिउने सिद्धान्त भएको कारण नेवार दर्शन लाई हामी संघर्षबादी सिद्धान्त भन्दछौ ।
२.५. हाम्रो यो संघर्षबादी सिद्धान्त को आधार कुमार को संघर्षमय जीवन को सफलताका कहानीहरु बाट प्रभावित भएको पाउंछौ ।
३.. नेवार दर्शन को सिद्धान्त अनुसार शक्ति पीठहरु नै शक्ति को मुख्य श्रोत हुन ।
३.१. शक्ति पीठहरुमा तान्त्रिक विधि बिधान अनुसार शक्ति पूजा साधना गरेर शक्ति प्राप्त गरेर शक्तिमान हुने लक्ष्य रहेको हुन्छ ।
३.२. शक्ति पीठहरु संग निरन्तर संम्बन्ध राखि रहन बर्षभरिमा पटक पटक पीठ पूजा वा कुलदेवता को पूजा गरेर निरन्तर शक्ति प्राप्त गरिरहने लक्ष्य रहेको पाईन्छ ।
३.३. देगुद्य पूजा गरेर किसानहरु ले धान रोपाई को काम सफलताका साथ सम्पन्न गर्न शक्ति प्राप्त गर्दछन् भन्ने मान्यता छ ।
३.४. यसरी देगुद्य पूजा ( कुलदेवता को पूजा) बाट नै किसानहरु ले शक्ति प्राप्त गर्दछन् । यही धान रोपाई सम्पन्न गर्न शक्ति को श्रोत हो ।
३.५. हामी शरणबादी होईनौ साथै पलायनबादी पनि होईनौ ।सम्पूर्ण रुपले ईश्वरको शरणमा पर्ने सिद्धान्त हाम्रो होईन । ऑखा चिम्लेर हात खुट्टा बॉदेर देवताको भरमा बस्ने कुरालाई मान्यता दिंदैनौ ।
३.६. त्यस्कारण देगुद्य पूजा गरी, शक्ति प्राप्त गरी, शक्तिमान भएर, धान रोपाई को काममा संघर्ष गरेर, सफलताका साथ धान रोपाई को काम समयमा सम्पन्न गर्न सक्षम हुने हाम्रो सिद्धान्त हो ।
४.. नेवार संस्कृति मा कुमार कार्तिकेय को ठूलो महत्व रहेको पाईन्छ ।
४.१. भनिन्छ नेवार दर्शन को संघर्षमय जीवन मा सफलताका साथ जिउन सक्षम हुने सिद्धान्त कुमार कार्तिकेय को संघर्षमय जीवन को सोंच बाट नै आएको हो ।
४.२. कुमार ले पार्वती बाट शक्ति प्राप्त गरेर संकटलाई झेलेर हुर्केका थिए । नेवार दर्शन पनि सोही अनुसार देगुद्य पूजा गरेर शक्ति प्राप्त गर्ने र संकट झेल्ने सिद्धान्त रहेको छ ।
४.३. कुमार को जन्म को पूर्ब निर्धारित लक्ष्य तारकासुर दैत्यलाई बध गर्नु थियो । देगुद्य पूजा, सिथिनख पर्ब मनाउने, र कुमार जात्रा को पूर्ब निर्धारित लक्ष्य पनि धान रोपाई समयमा सफलताका साथ सम्पन्न गर्न आध्यात्मिक शक्ति, मानसिक क्षमता र शारीरिक बल र तागत प्राप्त गर्नु हो ।
४.४. कुमार लाई बालककालमा नै शिव पार्वती बाट युद्ध कलाको प्रशिक्षण गरी योद्धा को रुपमा तैयार गरेजस्तै किसानहरु लाई धान रोपाई को लागि शक्ति संचय गर्न औवसर दिएको मान्यता छ ।
४.५. कुमार लाई युद्ध मा जान तैयार गर्नको लागि र दुःख कष्ट झेल्न सुमेरु पर्वत परिक्रमा गर्न पठाएको र लक्ष्य प्राप्त गर्न अगाडि बढ्न सिकाएको थियो ।किसानहरु लाई पनि धान रोपाई मा आबश्यक मेहनत र परिश्रमयुक्त रहेको काम समयमा सम्पन्न गर्ने शक्ति र बल संचय गर्न दिएको देखिन्छ ।
४.६. कुमार लाई युद्ध मा जान बिशेष रथ तैयार गरेका थिए । यस्तै कुमार जात्रा र सहकालको देवता मच्छिन्द्रनाथ को रथ जात्रा गरेर किसानहरु को हौसला बढाएको पाईन्छ । यो कुरा किसानहरु ले महसूस गरेको पाईन्छ ।
यसरी नेवार दर्शन एक संघर्षबादी सिद्धान्त हो । जस्मा किसानहरु मानसिक क्षमता र शारीरिक बल र तागत को साथ साथै आध्यात्मिक शक्ति प्राप्त गरेर सिनाज्याको काम समयमा सम्पन्न गर्न सफल हुन्छन् ।
Categorized in बिचार