न्युक्यासल एभर्टनसँग पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २२, शुक्रबार

इङ्लिस प्रिमियर लिगमा न्युक्यासल एभर्टनसँग पराजित भएको छ । यस सिजनको सुरुवातमा उपाधिको होडमा रहेको न्युक्यासल एभर्टनसँग ३–० ले पराजित भएको हो ।
गोल रहित बराबरीतर्फ देखिएको खेलमा एभर्टनले अन्तिम ११ मिनेटमा तीन गोल गर्न सफल भएको थियो ।
एभर्टनलाई जिताउन ड्वाइट मेकनिलले ७९औं मिनेटमा र अब्दलाये डौकोरे ८६ औं मिनेटमा गोल गर्दा समर बेटोले खेलको अन्तिममागोल गरेका थिए ।
यो जितसँगै एभर्टनलाई रेलिगेशन जोनबाट बाहिर निकालेको छ । एभर्टन १० अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि उक्लिएको हो ।
यस्तै पराजित न्युक्यासल २६ अंक सहित सातौं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स