arin enterprises

न्यूरोड क्षेत्रमा सवारी निषेध

SamacharDesk | २०७९ आश्विन १०, सोमबार

वडा दशैं शुरु भएसँगै बढ्दो सवारी चापलाई ध्यानमा राखी उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नयाँ सडक क्षेत्रमा सवारी प्रवेश निषेध गरेको छ ।

दशैंको समयमा काठमाडौंको मुख्य व्यापारिकस्थल न्यूरोडमा धेरै भिडभाड हुने भएकाले न्यूरोडमा सहज तरिकाले व्यापार व्यवसाय गर्न र किनमेल गर्न सहज होस् भन्ने हेतुले केही केही दिनमा सवारी प्रवेशमा रोक लगाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले दिउँसोको समयमा नयाँ सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी प्रवेश निषेध गरेको छ । प्रवेश निषेध गरिएका सवारी साधनमा निजी तथा सार्वजनिक, मालवाहक र दुईपांग्रे समेत रहेका छन् ।

ट्राफिक कार्यालयले असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नभएसम्मका लागि प्रवेश निषेध गरेको हो ।

नयाँ सडकतर्फ जाने सबै किसिमका सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको पनि ट्राफिक कार्यालयले जनाएको छ ।

महानगरपालिका र ट्राफिक कार्यालय नयाँ सडक क्षेत्रमा दिनभर चारपाङ्ग्रे सवारी निषेध गर्ने अभ्यासमा लागेका छन् ।

Categorized in स्थानीय