नेइमार पिएसजीमा २०२५ सम्म अनुबन्धित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २६, आइतबार

नेइमारले फ्रेञ्च क्लब पिएसजीसँग नयाँ सम्झौता गरेका छन् ।
ब्राजिलियन फरवार्ड नेइमार र पिएसजीबीच २०२५ जुन ३०, सम्मका लागि सम्झौता भएको हो । थप तीन सिजनका लागि नेइमार पिएसजीमा अनुबन्धित भएका हुन् ।
२९ वर्षीय नेइमार सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट २ सय मिलियन पाउन्डमा पिएसजीमा आबद्ध भएका थिए ।
आगामी वर्ष नेइमार र पिएसजीबीच भएको सम्झौता सकिँदै थियो । उनी फेरि बार्सिलोनामा फर्कने चर्चा चले पनि पिएसजीमा थप चार वर्षका लागि पिएसजीसँग सम्झौता गरेका हुन् ।
नेइमारले पिएसजीसँग नयाँ सम्झौता गर्दा खुसीको क्षण भएको बताएका छन् । साथै सम्झौताबारे घोषणा गर्न पाउँदा क्लबले पनि खुशि व्यक्त गरेको छ ।
नेइमारले पिएसजीका लागि ११२ खेल खेल्दै ८५ गोल र ५१ एसिस्ट गरिसकेका छन्।
Categorized in स्पाेर्ट्स