केडमा किनमेल गर्दा एनआईसी एशिया बैंकको २० प्रतिशत छुट
SamacharDesk | २०७९ फाल्गुण २, मंगलबार

एनआईसी एशिया बैंकका ग्राहकले केडमा किनमेल गर्दा २० प्रतिशतसम्म छुट पाउने भएको छ ।
काठमाडौं दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रा.लि.मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनुहुने बारे समझदारी भएको छ ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनी प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका थिए ।
उक्त समझदारी अनुसार बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले उक्त केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नु हुनेछ भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।
Categorized in बिजनेस