arin enterprises

एन आई सी एशिया बैंकद्वारा भिडियो केवाईसी सेवा शुभारम्भ

SamacharDesk | २०७९ भाद्र २७, सोमबार

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ ।

यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहनुभएका ग्राहक महानुभावहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकको वेबसाइट डब्लूडब्लूडब्लू डट एनआइसीएसियाबैंकडट कम मार्पmत अनलाईबाट खाता खोल्दा ग्राहकहरुलाई केवाईसी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ ।

जसमा, ग्राहकले आफ्नो केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कलमार्पmत केवाईसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।

यदि भिकेवाईसी मार्फत आफ्नो केवाईसी जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कल मार्फत आफ्नो केवाईसी केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नुहुनेछ वा बैंकिङ्ग समयमा भिडियो केवाईसीको भिडियो कलको लागि अपोइमेन्ट बुक भिडियो कल गरी गरि सो समयमा केवाईसी विवरण अद्यावधिक गर्नु पर्ने छ ।

ग्राहकहरुले भिकेवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता÷पासपोर्ट÷ड्राइभिङ लाइसेन्स÷मततादाता परिचयपत्र) तथा सेतो कागज र कालो÷निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनु पर्ने हुन्छ ।

भिडियो केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकमहानुभावहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नुहुनेछ ।

Categorized in बिजनेस